सागर थापा
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी नायब निरीक्षक पदबाट बुधबारदेखि अनिवार्य अवकाश लिई सम्मानपूर्वक सेवा निवृत्त हुनुभएका पुर्व प्रहरी नायब निरीक्षक भेषराज पौडेललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले एक कार्यक्रमको आयोजना गरि
प्रहरी नायब निरीक्षक पौडेललाई व्यक्तिगत तथा पारिवारीक जिवनको उत्तरोत्तर प्रगतिको कामना सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले कदर पत्र तथा मायाको चिनो प्रदान गरि स-सम्मान बिदाई गर्नु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले जानकारी दिएको छ ।