०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

दुर्गा प्रसाईंको अभियानलाई जनमत पार्टीका केन्द्रीय सदस्य तेजनारायण कँडेलले साथ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर ०७, २०८०

 

(ABC-Sanchar)
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाललाई जनमत पार्टीका केन्द्रीय सदस्य तेजनारायण कँडेलले साथ दिने भएका छन् । उनी दुर्गा प्रसाईंको अभियानको बाँके संयोजक पनि बनेका छन् ।

कँडेलले प्रसाईंको अभियानमा सहभागीका लागि आह्वान समेत गरेका छन् । जनमत पार्टीका बाँके जिल्ला इन्चार्ज समेत रहेका नेता कँडेलले भनेका छन्, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको केन्द्रीय संयोजक दुर्गा प्रसाईंप्रति यो महान् जनआन्दोलनको आह्वान र नेतृत्वका लागि हार्दिक कृतज्ञता प्रकट गर्दछु । मंसिर ७ गतेबाट सुरु हुने यो महान् जनआन्दोलनमा सरिक भई व्यवस्था परिवर्तन केन्द्रित आन्दोलन सफल बनाउन आह्वान गरेको छु ।

कुरा गर्दै नेता कँडेलले देश रहे मात्र राजनीतिक दल वा राजनीतिक गर्न पाइने भएकाले अभियानमा लागेको तर्क गरे ।

देश रहे मात्र राजनीतिक दल वा राजनीतिक गर्न पाइन्छ, देश नै रहँदैन भने यस्ता राजनीतिक दलको केही काम छैन भनेर दुर्गा प्रसाईंको महाअभियानमा लागेको हुँ’, उनले भने, ‘पार्टीले मलाई राखोस् या नराखोस् केही मतलब छैन ।’

उनले जनमत पार्टीले देश परिवर्तनका लागि ठुला ठुला सपना बाँडेको भए पनि बाटो बिराएको दाबी गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!