०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

जनताले वाक्कदिक्क भएर फालेको राजतन्त्र आउने सम्भावना छैन : ओली

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर ०८, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले वाक्कदिक्क भएर फ्याँकेको राजतन्त्र पुनः आउने कुनै सम्भावना नरहेको बताउनुभएको छ । शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।

कतिपय देशहरुले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसावले पनि राजतन्त्र उपयुक्त नरहेको उहाँले बताउनुभयो । एउटा मान्छेको छोरो जन्मिदै राष्ट्र प्रमुख हुने कुरा चेतना नभएका मुर्खहरुले मात्र गर्ने कुरा भएको उहाँले बताउनुभयो । त्यतिबेलाको दिन अब फर्केर नआउने उहाँको भनाइ छ ।

केही व्यक्तिहरु राजतन्त्र फर्काउँछु भनेर जनतामा भ्रम छर्ने गरे पनि त्यो सम्भव नरहेको उहाँले बताउनुभयो । देश संकटमा परेका बेला हामी युवाहरु छौं भनेर सन्देश दिएको भन्दै उहाँले युवा संघलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘केही तत्वहरु १५ वर्षअघि फ्याँलीसकिएका, हेर्दाहेर्दा वाक्कदिक्क भएर जनताले काम नलाग्ने चिज रहेछ भनेर फालेकालाई पुनः ल्याउँछु भन्नु मुर्खता हो । हाम्रो देशमा राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले फालेका हुन् । २४० वर्ष राजतन्त्रले खाएकै हो, अब त्यो दिन आउँदैन ।’

‘युवा संघले हामी यहाँ छौ भनेर छातिमा टाँसेर होइन, रातो टोपी लगाएर हामी यहाँ छौ भनेर मैदान उत्रेर जे ग¥यो म तपाईहरुलाई धन्यवाद भन्न चाहन्छु । युवा संघले देश संकटमा परेको बेला संकटमा काँध थाप्ने हामी छौ है भनेर बोल्यो । धन्यवाद छ युवा संघलाई’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले बल्खुमा बिहीवार भएको प्रदर्शनमा पाँच सात हजार मान्छे आउँदा सरकार डराएको टिप्पणी गर्नुभयो । एमालेले जनतालाई निराश हुन नदिने उहाँले चर्चा गर्नुभयो । एमालेको पछि नेपाली युवाहरुको ठूलो पङ्ति रहेकाले आत्तिन आवश्यक नरहेको उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

काठमाडौं । सर्वोच्च अदालतले नेपाल–भारत सिमानाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य सामानमा भन्सार महसुल उठाउने सरकारी व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले शुक्रवार यो आदेश दिएको हो । अधिवक्ता आमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले वैशाख १४ गते […]

error: Content is protected !!