(एबिसि संचार )
लागू औषध (ब्राउन सुगर) सहित बर्दियाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
गुलरिया नगरपालिका वडा नम्बर ११ का ४२ वर्षीय कलिम अहमत मनिहार र ३५ वर्षीय अयोध्या प्रसाद धोवी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालका अनुसार उनीहरुलाई शनिबार अपराह्न साढे ३ .३०
बजेतिर फक्राउ गरिएको हो।
उनीहरुको साथबाट १४ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले बताएको छ।लागु औषध नियन्त्रण ब्युरो नेपालगञ्ज र बर्दियाको प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुविरुद्ध लागु औषध सम्बन्धी मुद्दा दायर गर्ने तयारी प्रहरीको छ।