०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

बिहीबार केही स्थानहरुमा मौसम वर्षा र हिमपातको सम्भाव

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर १४, २०८०

 

(ABC-Sanchar)
काठमाडौ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

यही कारण देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यता सफा रहेको छ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बाँकी भू-भागका आंशिक बदली रहनेछ।

मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।

रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ।

कोशी र गण्डकी प्रदेको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि आंशिक बदली छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही यतिबेला एउटा नामले निकै चर्चा बटुलिरहेको छ—सबिन प्रियासन । सम्भवत: नेपालमै पहिलोपटक कुनै व्यक्तिले स्थानीय तह निर्वाचन हुनुभन्दा धेरै अगाडि नै खुलेर मेयर पदमा उम्मेदवारी घोषणा गरेपछि घोराही मात्र होइन, अन्य पालिकामा समेत राजनीतिक बहसले नयाँ मोड लिएको देखिन्छ। प्रियासनको उम्मेदवारी घोषणा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक रूपमा भाइरल बनेको छ। अहिले […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

error: Content is protected !!