०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

कोहलपुरमा गए राती आगलागीबाट पसल जलेर नष्ट मानवीय क्षति छैन : प्रहरी

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर १४, २०८०

 

(ABC-Sanchar)
बाँके । कोहलपुर नगरपालिका ३ मदनचोकस्थित कमलनाथ योगीको घरमा गए राती १ बजेतिर आगलागी भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आगलागीबाट पसल जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार घरधनी योगीको १० वटा कोठा भएको एक तले पक्की घरमा पाँच वटा सटरमा सञ्चालन गरिएका विभिन्न पसलहरूमा आगलागी भएको हो ।

ती मध्ये दिनेश शाहीले सञ्चालन गर्दै आएको उषा कस्मेटिक एन्ड सु सेन्टर (ब्यूटिपार्लर) र करिश्मा टेलरिङ्ग एन्ड ट्रेनिङ सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी क्रिष्टिना ईम्पोरिएम एन्ड टेलरिङ्ग सेन्टर, दीपिका पुस्तक पसल र चित्र कोट जनरल स्टोर पनि जलेर पूर्णरुपमा नष्ट भएको प्रहरी प्रमुख तिवारीले बताए ।

उनका अनुसार पुराना तार सर्ट भएर क्रिष्टिना ईम्पोरिएम एन्ड टेलरिङ्ग सेन्टरबाट आगलागी भएको हो ।

स्थानीयबासी, नगर प्रहरी र इलाका प्रहरीका साथै नेपालगन्ज र बर्दियाको बाँसगढीबाट गएको दमकलले दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रनाउ तिवारीले बताए।

बुधवार बिहान पनि नेपालगन्जको विपीचोकस्थित अफोज शेषले सञ्चालन गरेको जनता सिरक पसलमा आगलागी भएको थियो ।

उक्त पसलमा विद्युत सर्ट भएर आगलागी भएको र आगलागीबाट पसलमा भएका सिरक, डसना, सिरानी, कपडा तथा कपास सम्पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही यतिबेला एउटा नामले निकै चर्चा बटुलिरहेको छ—सबिन प्रियासन । सम्भवत: नेपालमै पहिलोपटक कुनै व्यक्तिले स्थानीय तह निर्वाचन हुनुभन्दा धेरै अगाडि नै खुलेर मेयर पदमा उम्मेदवारी घोषणा गरेपछि घोराही मात्र होइन, अन्य पालिकामा समेत राजनीतिक बहसले नयाँ मोड लिएको देखिन्छ। प्रियासनको उम्मेदवारी घोषणा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक रूपमा भाइरल बनेको छ। अहिले […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

error: Content is protected !!