०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

नक्कली भुटानी शरणार्थी प्रकरण बिहीबार उच्च अदालतबाट विशेष आदेश आउँदै

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर १४, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनमाथि बिहीबार उच्च अदालत पाटनले आदेश दिँदै छ। जवाफी बहस सुनेपछि सम्भवतः बिहीबार नै आदेश आउने सम्भावना रहेको उच्च सरकारी वकिलको कार्यालयले जनाएको छ ।

पुनरावेदनका रोहमा काठमाडौं जिल्ला अदालतको आदेश बदरको माग गर्दै विभिन्न मितिमा गरी पाटनमा २१ वटा निवेदन विचाराधीन छन् । जसमाथि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा सुनुवाइ हुँदै छ । यस इजलासले ५ मंसिरदेखि नै यो निवेदनलाई हेर्दाहेर्दैमा राखेर सुनुवाइ गरिरहेको छ ।

निवेदकको बहस सकिएपछि सरकारी वकिलले मंगलबार र बुधबार गरी दुई दिन बहस गरेका हुन् । बिहीबार निवेदक पक्षले जवाफी बहस सकाएमा आदेश आउन सक्ने सम्भावना रहेको एक सरकारी वकिलले बताए । २३ कात्तिकमा न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको इजलासले मुद्दाको पेसी मिति ५ मंसिरका लागि तोकेको थियो ।

यस प्रकरणमा नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहितका प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। काठमाडौं जिल्ला अदालतले गत असार १ गते सुनाएको थुनछेक आदेशविरुद्ध उनीहरुले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए।

उक्त निवेदनमाथि उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दैमा राखेर सुनुवाइ भइरहेको छ।

बिहीबार प्रतिवादीका कानुन व्यवसायीले जवाफी बहस सकेमा आज नै अदालतले प्रतिवादीहरुलाई रिहा गर्ने वा थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने निर्णय सुनाउनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही यतिबेला एउटा नामले निकै चर्चा बटुलिरहेको छ—सबिन प्रियासन । सम्भवत: नेपालमै पहिलोपटक कुनै व्यक्तिले स्थानीय तह निर्वाचन हुनुभन्दा धेरै अगाडि नै खुलेर मेयर पदमा उम्मेदवारी घोषणा गरेपछि घोराही मात्र होइन, अन्य पालिकामा समेत राजनीतिक बहसले नयाँ मोड लिएको देखिन्छ। प्रियासनको उम्मेदवारी घोषणा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक रूपमा भाइरल बनेको छ। अहिले […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

error: Content is protected !!