०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

भारतमा शव फाल्ने युवक पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर १४, २०८०

(एबिसि संचार )

श्रीमतीको हत्या गरी भारतमा लगेर शव फालेको आरोपमा सिरहाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहा नगरपालिका- १५ सुखचैनाका ४० वर्षीय देवेन्द्र यादवलाई ३० वर्षीया श्रीमती संजिता कुमारी यादवको हत्या अभियोगमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।गत हप्ता श्रीमतीको हत्या गरी फरार भएका यादवलाई इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले भारतीय सीमा नजीकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए।

घरायसी विवादका क्रममा उनले इँटा र बाँसको भाटाले मरणासन्न हुनेगरी कुटपीट गरेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापछि उनले श्रीमतीको शव भारतको मधुबनी जिल्लाको खजोली थाना अन्तर्गत सलरा भन्ने ठाउँमा लगेर झाडीमा फालेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमपछि प्रहरीले परिवारको जिम्मा लगएको छ। यादव दम्पतिका ५ जना छोरा छोरी छन्। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही यतिबेला एउटा नामले निकै चर्चा बटुलिरहेको छ—सबिन प्रियासन । सम्भवत: नेपालमै पहिलोपटक कुनै व्यक्तिले स्थानीय तह निर्वाचन हुनुभन्दा धेरै अगाडि नै खुलेर मेयर पदमा उम्मेदवारी घोषणा गरेपछि घोराही मात्र होइन, अन्य पालिकामा समेत राजनीतिक बहसले नयाँ मोड लिएको देखिन्छ। प्रियासनको उम्मेदवारी घोषणा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक रूपमा भाइरल बनेको छ। अहिले […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

error: Content is protected !!