०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

दाङ प्रहरीले महिलाको चरीत्रहत्या गरी फेसबुकमा पोष्ट गर्ने १ जना युवा पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर १४, २०८०

 

(ABC-Sanchar)
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का २६ वर्षिय शरद कवर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सल्यान शारदा नगरपालिका वडा नम्बर १३ घर भई हाल तुलसीपुर ८ बेलुवामा बस्दै आएको २४ वर्षिया युवतिले ईलाका पहरी कार्यालय तुलसीपुरमा बुधबार जाहेरी दिएकी थिईन् ।

युवतीको जाहेरीपछि प्रहरीले युवक शरदलाई तुलसीपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका कवँरले रमिता मोह नामक फेसबुक आइडिबाट विभिन्न महिलाहरुको फोटो राखी सामाजिक सञ्जालमा महिलाहरुको सामाजिक मान प्रतिष्ठा तथा ईज्जतमा आँच पुग्ने सामाग्री पोष्ट गर्ने गरेकोले पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

कवँरलाई प्रहरीले बुधबार साँझ ५ बजेतिर पक्राउ गरेको हो । पक्राउ परेका कवँरमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कवरलाई विद्युतिय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही यतिबेला एउटा नामले निकै चर्चा बटुलिरहेको छ—सबिन प्रियासन । सम्भवत: नेपालमै पहिलोपटक कुनै व्यक्तिले स्थानीय तह निर्वाचन हुनुभन्दा धेरै अगाडि नै खुलेर मेयर पदमा उम्मेदवारी घोषणा गरेपछि घोराही मात्र होइन, अन्य पालिकामा समेत राजनीतिक बहसले नयाँ मोड लिएको देखिन्छ। प्रियासनको उम्मेदवारी घोषणा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक रूपमा भाइरल बनेको छ। अहिले […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

error: Content is protected !!