०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

बाँकेमा एचआइभी/एड्स संक्रमितको संख्या घट्यो : स्वास्थ तथ्यांक

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर १४, २०८०

 

(ABC-Sanchar)
बाँके । स्वास्थ्य कार्यालय बाँकेले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा १७ हजार ३ सय २८ जनामा जाँच गर्दा १०९ जना संक्रमित फेला परेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ७ सय ४५ जनाको जाँच गर्दा १५७ जना संक्रमित फेला परेका थिए।

स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन रवीन्द्र शाहले भेरी अस्पतालमा ५ सय ५६ जनाले एआरटी खाइरहेको जानकारी दिए। एड्सबाट अहिलेसम्म बाँकेमा १ सय ७२ जनाको मृत्यु भएको छ।

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा नेपालगञ्जमा नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा स्वास्थ्य कार्यालयलगायतले पत्रकार अन्तरक्रिया गरेको थियो।

भेरी अस्पतालका डाक्टर संकेत रिसालले एचआइभी/एड्सका बारेमा जानकारी दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही यतिबेला एउटा नामले निकै चर्चा बटुलिरहेको छ—सबिन प्रियासन । सम्भवत: नेपालमै पहिलोपटक कुनै व्यक्तिले स्थानीय तह निर्वाचन हुनुभन्दा धेरै अगाडि नै खुलेर मेयर पदमा उम्मेदवारी घोषणा गरेपछि घोराही मात्र होइन, अन्य पालिकामा समेत राजनीतिक बहसले नयाँ मोड लिएको देखिन्छ। प्रियासनको उम्मेदवारी घोषणा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक रूपमा भाइरल बनेको छ। अहिले […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

error: Content is protected !!