०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

ट्राफिक प्रहरी र नगर प्रहरीले कोहलपुर नेपालगन्ज सडकहरुमा जेब्रा क्रसमा रंगरोगन

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर १४, २०८०

 

ABC (क्राईमबिट)
बाँके । कोहलपुर नगरपालिका क्षेत्रभित्र पर्ने मुख्य सडकमा रहेका जेब्रा क्रसलाई साईनिङ गर्ने काम सुरु गरीएको हो ।

जसअन्तर्गत मंगलबार र बुधबार कोहलपुर नगरपालिका १० हाईस्कुल क्षेत्र वरपर र बजार क्षेत्र रहेका जेब्रा क्रसमा रंगरोगन गरीएको छ । जेसिज सप्ताहका अवसरमा कोहलपुर जेसिज २०२३ ले ट्राफिक प्रहरीसागको समन्वयमा जेब्रा क्रसलाई नयाँ स्वरुप प्रदान गरेको

जिल्ला ट्राफिक प्रहरी प्रमुख गोपिकृष्ण सुवेदी, प्रहरी सहायक निरीक्षक मदन सिंह मातर, कोहलपुर नगर प्रहरी प्रमुख वीर वहादुर थापा, कोहलपुर जेसिज २०२३ का अध्यक्ष धुर्बराज आचार्य, जेसिजका अन्य पदाधिकारी, कोहलपुर नगरपालिका वडा नं. १० का वडा सदस्य श्यामलाल थारु र प्रहरी बिट १ नम्बर हाईस्कुलका प्रहरीहरुको उपस्थिती तथा सहजिकरणमा मेटिएको जेब्रा क्रसमा रंग लगाईएको हो ।

कोहलपुर जेसिजको सहयोगमा नेपाल प्रहरी, नगर प्रहरी र जेसिजका पदाधिकारीहरुले कामलाई सहजिकरण गर्दै करिव ३२०० बालबालिका अध्यनरत त्रिभुवन माध्यामिक विद्यालय नजिक गरिएको यो कार्यले दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिईएको बाँकेका ट्राफिक प्रमुख गोपिकृष्ण सुवेदीले बताएउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही यतिबेला एउटा नामले निकै चर्चा बटुलिरहेको छ—सबिन प्रियासन । सम्भवत: नेपालमै पहिलोपटक कुनै व्यक्तिले स्थानीय तह निर्वाचन हुनुभन्दा धेरै अगाडि नै खुलेर मेयर पदमा उम्मेदवारी घोषणा गरेपछि घोराही मात्र होइन, अन्य पालिकामा समेत राजनीतिक बहसले नयाँ मोड लिएको देखिन्छ। प्रियासनको उम्मेदवारी घोषणा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक रूपमा भाइरल बनेको छ। अहिले […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

error: Content is protected !!