०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

काठमाडौं महानगरापलिकाले सुर्तीजन्य पदार्थ बिक्रीवितरण पुर्ण रुपमा बन्द गर्ने ?

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर १४, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । बिहीबार महानगर प्रहरी बलको कार्यालयमा महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मंसिर २८ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीवितरण पूर्ण रूपमा रोक्न व्यवसायी र डिलरहरूलाई भनेका छन्।

‘२८ गतेदेखि कुनै पनि पानलगायत अन्य पसलमा पनि सुर्तीजन्य पदार्थ बेच्न पाइँदैन,’ बैठकमा उनले भने, ‘२७ गतेसम्म भएका सबै स्टक क्लियर गर्नुहोस्। २८ गतेदेखि अनुगमनमा कुनै सामान नभेटियोस्।’

सूचना कार्यान्वयन हुनुअगावै सम्बन्धित व्यवसायीहरूलाई सूचित गराउन बैठक राखिएको समेत उनले बताएका छन्।

‘महानगरपालिकाले प्रतिबन्ध लगाएका पदार्थहरू बेच्न रोक लगाउनुहोस्,’ उनले आग्रह गर्दै भने, ‘यो जनस्वास्थ्य र वातावरणसँग सम्बन्धित विषय हो। तपाईंहरूले आफ्नो तरिकाले सम्बन्धित पक्षसँग सूचना पुर्‍याइदिनुहोला।’

बैठकमा उपस्थित एक बिक्रेताले भने, ‘२७ गतेसम्म बेच्न पाइन्छ?’ भन्ने प्रश्न गरेका थिए।

उनलाई जवाफ दिँदै पाण्डेले भनेका छन‍्, ‘२७ गते भनेको बेच्न पाउने अन्तिम दिन हो।’

‘कागजमा प्याक भएर आयो भने चाहिँ बेच्न पाउने भनेर सुनेको थिएँ’, बैठकमा उपस्थित अर्का एक व्यापारीले भनेका थिए।

उक्त व्यापारीलाई जवाफ दिँदै पाण्डेले भनेका छन्- ‘त्यसो होइन। महानगरपालिका क्षेत्रभित्र कागज त के पान, गुट्काहरू बट्टामै आयो भने पनि बेच्न पाइँदैन।’

यस्तै, महानगर प्रहरी बलका प्रहरी उपरिक्षक दिनेश अर्यालले पनि काठमाडौं महानगर क्षेत्रभित्र कुनै पनि पसलले सुर्तीजन्य पदार्थ मंसिर २८ गतेदेखि बिक्रीवितरण गरेको भेटे जफत गरी कारबाही गर्ने बताए।

त्यस्तै, चुरोटको हकमा भने खुला बेच्न नपाइने उनले बताए।

चुरोट कस्ता ठाउँमा बेच्न पाइन्छ भन्ने पनि कानुनी व्यवस्था छ,’ उनले भने, ‘सार्वजनिक स्थल, विद्यालय, मन्दिर, सम्पदा, पार्क, अस्पताल लगायतका ठाउँभन्दा दुई सय मिटर पर मात्र बेच्न पाइन्छ। त्यसरी बिक्री गर्दा प्याकेटै बिक्री गर्नुपर्ने छ, खिल्ली बेच्न पाइँदैन।’

चिया पसलमा समेत चुरोटका खिल्ली बेच्न पाइने छैन। सेवन गर्नेले पनि सार्वजनिक स्थलमा सेवन गर्न नपाइने उनले बताए।

गत मंगलबार महानगरापलिकाले सूचना जारी गर्दै प्लास्टिकमा प्याक गरिएका खैनी, गुट्खा, पान पराग लगायतका सुर्तीजन्य पदार्थ मंसिर २८ गतेपछि बिक्रीवितरण र सार्वजनिक स्थानमा धूमपान गर्न निषेध गर्ने बताएको थियो।

प्लास्टिकमा प्याक गरिएका खैनी, गुट्खा, पान पराग लगायतका सुर्तीजन्य पदार्थ बेच्न नपाइने हो या यस्ता सुर्तीजन्य पदार्थमै रोक लगाएको हो भन्नेबारे अन्यौलता सिर्जना भएको छ।

अन्यौलताबारे हामीले महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेललाई साधेका छौं।

‘सुर्तीजन्य पदार्थ कसरी प्याकिङ गरिएको छ भन्ने होइन,’ उनले सेतोपाटीसँग भने, ‘कुनै पनि सुर्तीजन्य पदार्थ जस्तै गुट्का, सुर्ती, खैनी, पान-पराग लगायत महानगरपालिका क्षेत्रभित्र बेच्नै पाइँदैन।’

पौडेलका अनुसार सुर्तीजन्य पदार्थ सेवन गर्दा सेवनकर्ता र जनस्वास्थ्यको स्वास्थ्यमा असर पर्छ। यसका साथसाथै यस्ता पदार्थ सेवन गरी जथाभावी थुक्दा सहर प्रदूषित भएर ढलहरू फोहोर भई जाम भएको उनको भनाइ छ।

‘यस्ता सुर्तीजन्य पदार्थले रोग निम्त्याउँछ,’ उनले भने, ‘जसले सेवनकर्ता स्वयंलाई असर पार्छ। अर्को भनेको जनस्वास्थ्यमा पनि असर परिरहेको हुन्छ। त्यसैले रोक लगाएका हौं।’

सरकाले गुट्खा तथा सुर्ती उद्योग सञ्चालन गर्न दिन्छ भने त व्यापारीहरूले बेच्न पनि पाउँछन् होला नि! भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिए।

‘स्वास्थ्यमा असर पार्ने हुँदा यसरी बिक्रीवितरणमा निषेध गरिएपछि प्रयोगकर्ताको संख्या पनि क्रमशः घट्दै जान्छ, पछि प्रयोगकर्ताको संख्या घटेपछि यस्ता उद्योग स्वतः बन्द भइहाल्छ।’

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन- २०६८ र काठमाडौं महानगरपलिका जनस्वास्थ्य ऐन-२०८० अनुसार महानगरपालिकाले उक्त निर्णय लिएको उनको जिकिर छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!