०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

ललितपुरका सिडियो र सहायक सिडियो बिचको लडाइँका कारण सेवाग्राहीहरुले सास्ती खेप्दै

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर १५, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । ललितपुरमा प्रमुख जिल्ला अधिकारीका रूपमा रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा अमर दीप सुनुवार कार्यरत छन् । पण्डित र सुनुवारबिच सुरुदेखि नै मतभेद रहँदै आएको छ ।

सिडिओ पण्डितले सहायक सिडिओ सुनुवारले गरेका कामको अपनत्व ग्रहण नगर्ने र सहायक सिडिओ सुनुवारले सिडिओको आदेश पालना नगर्ने जस्ता समस्या देखिँदै आएका छन् ।

सहायक सिडिओले नागरिकता लगायत जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने अत्यावश्यक सेवाहरूमा सबै प्रक्रिया पूरा गरेर सदर गरेका फाइलहरूमै सिडिओले प्रतिशोधकै आधारमा प्रश्न उठाउने गरेका छन् । सबै प्रक्रिया मिलेपछि सहायक सिडिओले सदर गरेर अघि बढाएको फाइलहरू नै सिडिओले
सदर नगरेपछि सेवाग्राहीले अनावश्यक सास्ती खेप्दै आएका छन् ।

सिडिओ र सहायक सिडिओको लडाइँको प्रभाव सेवाग्राहीमा मात्रै परेको छैन । कार्यालयका अन्य कर्मचारीसमेत उनीहरूको लडाइँको मारमा परेका छन् । एक अधिकृत भन्छन्– ‘सिडिओ र सहायक सिडिओबिचको लडाइँका कारण हामीलाई नै काम गर्न असहज हुँदै आएको छ । हामीले गरेका कामहरू पनि उहाँहरूको लडाइँका कारण प्रभावित हुने गरेको छ ।’

सिडिओ र सहायक सिडिओको लडाइँको कारण त्यहीँ कार्यरत कर्मचारीले पनि पत्ता लगाउन सकेका छैनन् । तर, उनीहरूबिच अनैतिक कारोबारबाट सम्बन्धमा दरार आएको हुनसक्ने कर्मचारीकै अनुमान छ ।

सिडिओ पण्डित खासै राम्रो छवि बनाएका कर्मचारी होइनन् । विगतमा समेत कार्यसम्पादनका क्रममा पण्डितमाथि अनेक आरोपहरू लाग्ने लागेका थिए । पछिल्लो समय अनाहकै ललितपुरका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको भन्दै आलोचना भएको थियो ।

माओवादीको कर्मचारी संगठनमा आबद्ध सिडिओ पण्डित आफ्नो सरकार रहेको भन्दै अन्य पार्टीसँग आबद्ध कर्मचारीहरूलाई सरुवा गरिदिने जस्ता धम्कीको भाषासमेत प्रयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!