(सागर थापा)
बाँके । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको चलानी नम्बर २५६०, मिति २०८०।०८।०७ गतेको पत्रले प्रहरी बरिष्ठ उपरीक्षक एसएसपीमा पदस्थापन साथै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा प्रमुखमा दरबन्दी भई आउनु भएका प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी विरबहादुर वलीको कर्णाली प्रदेश प्रहरी कार्यालयमा सम्पूर्ण प्रहरी कर्मचारीले भब्य स्वागत गरेको छ ।