०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

कपिलवस्तुको नेपाल भारतको दशगजा क्षेत्रमा सीमा स्तम्भको मर्मत संभार कार्यको शुभारम्भ

Logo
Abc Sanchar प्रकाशित शनिबार, मंसिर १६, २०८०

 

ABC (क्राईमबिट)
कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुको आयोजनामा सीमा स्तम्भका मर्मत संभारको काम शुभारम्भ गरिएको हो। मधेस प्रदेशमा भने एक महिना अघि देखि नै सशस्त्र प्रहरीको अगुवाइमा सीमा स्तम्भ मर्मत संभारको काम सुरु भई सकेको छ।

कपिलवस्तुको कृष्ण नगर नगरपालिका वडा नम्बर २ लिङ्क गेटको किनारमा रहेको ५ सय ६७ ( १ ) नम्बरको सहायक सीमा स्तम्भको मर्मत गरी कामको शुभारम्भ गरिएको हो। बाहिनी पति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री, कृष्ण नगर नगरपालिकाका मेयर रतज प्रताप शाह, भारतको बलरामपुर जिल्लाका सेक्सन ईन कमान्डका प्रमुख विकास राय सिंह, सहायक प्रजिअ अनिल पौडेलले सीमा स्तम्भमा करनीले मसला र पेन्ट लगाईकन मर्मत संभारको काम शुभारम्भ गरेका थिए।

बिजोर नम्बरको नेपाल र जोर नम्बरको भारतले मर्मत सम्भारको जिम्मा पाएको छ। लुम्बिनी प्रदेशको कुल ४ सय ३५ किलो मिटर सीमा भारतसँग जोडिएको छ। जसमा ८ सय ८८ वटा सीमा स्तम्भ रहेको नापी विभागका पवन कुमार खत्रीले बताए। जस मध्ये ५ सय ६ वटा बिजोर नम्बरको मर्मत नेपालले गर्नेछ। लुम्बिनी प्रदेशको कपिलवस्तु नवलपरासी रुपन्देही, दाङ, बाँके र बर्दियामा रहेका सीमा स्तम्भहरुको मर्मतको काम सुरु हुने बाहिनी पति खत्रीले बताए। नेपालमा भने कुल ८ हजार ५५३ सीमा स्तम्भ छन। कपिलवस्तुमा ठुलो सहायक र साना गरी कुल २ सय ७७ वटा सीमा स्तम्भको मर्मत गरिने सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले बताए।

कपिलवस्तुको ९३ किलो मिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ। जुन लुम्बिनी प्रदेश मै सबैभन्दा बढी हो। सीमा स्तम्भ पनि कपिलवस्तु मै सबै भन्दा बढी छन। रंग रोगन, २५ प्रतिशत क्षति भएको आंशिक, २५ देखि ५० प्रतिशत क्षति भएको मध्य र ५० प्रतिशत क्षति भएका सीमा स्तम्भहरुको पूर्ण मर्मत गरिनेछ। सो अवसरमा बाहिनी पति खत्रीले लुम्बिनी प्रदेशमा रहेको सीमा स्तम्भहरूको मर्मत संभार कार्य सुरु भएको र यसमा सबैले साथ दिनु पर्ने बताए। उनले सीमा स्तम्भ देश कै लागि संवेदनशील विषय भएकाले यो कार्यमा सरोकारवाला सबै गम्भीर हुनु पर्ने बताए। सो अवसरमा सहायक प्रजिअ पौडेलले सीमा स्तम्भको मर्मत कार्यको सुरु हुनु खुसीको विषय भएकाले यसमा सबैले चासो दिनु पर्ने बताए। कपिलवस्तुमा रहेको ७ सीमा स्तम्भ भने हराएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!