(एबिसि संचार )
दोलखामा सिकार खेल्ने क्रममा भरूवा बन्दुकको छर्रा लागेर दोलखाको तामाकोसी गाउँपालिका- २ झुलेमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा झुलेका २० वर्षीय संजिव सार्की रहेको प्रहरीले जनाएको छ । ७ जना साथीसँग सिकार खेल्न जम्बोटे जंगलमा गएका संजिवले आफैँले चलाएको भरूवा भाँचिएर छातीमा छर्रा लागेर घाइते भएका थिए। उनको उपचारका क्रममा पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालमा आइतबार मृत्यु भएको हो।उनीसँगै शनिबार साँझ सिकार खेल्न गएका ६ जनालाई भरूवा बन्दुकसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।