(महेन्द्र सिंह )
जिल्ला प्रहरी कार्यालय बाँकेले अफिम र चरेससहित श्रीमान-श्रीमतीलाई पक्राउ गरेको डिएसपी नारायण डाँगीले जनाकारी दिए। शनिबार राति पौने ९ बजे कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपिरीबाट दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कोहलपुर-८का ४० वर्षीय रेवन्त राना र उनकी ३३ वर्षीया श्रीमती कविता थापा छन्।
उनीहरूले लागु औषधको कारोबार गरिरहेको भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट टोली खटिएको थियो। त्यसक्रममा प्रहरीले बा ५ च ८२१५ नम्बरको कारलाई रोकेर चेक गरेको थियो। उक्त कारबाट १२ किलो ७०४ ग्राम चरेश र २ किलो ११६ ग्राम अफिम बरामद भएको डिएसपी डाँगीले बताए ! रेवन्त र कवितामाथि लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ बमोजिम १५ वर्षदेखि जन्मकैद र ५ देखि २५ लाखसम्म जरिवाना हुनसक्ने प्रहरीले जनाएको छ।