(एबिसि संचार ) हात्तीको आक्रमणमा परेर मोरङको बेलबारीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ ३ घर भएका ५३ वर्षीय कमल माझी रहेका छन् । बेलबारी नगरपालिका–१० भाउन्नेमा माझीलाई जंगली हात्तीले आक्रमण गरेको थियो । उनको आज बिहान मृत्यु भएको हो । साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले माझीलाई आक्रमण गरेको थियो ।प्रहरीका अनुसार घटनास्थल वरपर हात्तीको आवतजावत नियमित भइरहेको पाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेको छ ।