२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रेड्बुलको उत्पादन तथा विक्री सुरु

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर २१, २०८०

(एबिसि संचार )                                                              खेतान समूहअन्तर्गतको सरस बेभरेजेजले थाईल्याण्डको लोकप्रिय इनर्जी ड्रिंक्स रेड्बुल नेपालको नवलपुरको अमरापुरीमा आफ्नै फ्याक्ट्री स्थापना गरी उत्पादन तथा बिक्रिवितरण सुरुवात गरिएको जानकारी गराएको छ । उक्त फ्याक्ट्री नेपालमा अतिलोक प्रिय रेडबुलको विश्वकै चौथो फ्याक्ट्री हो ।मङ्सिर १९ गते नवलपुर स्थित फ्याक्ट्री उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सरस बेभरेजेजको आफ्नै फ्याक्ट्रीबाट रेडबुलको उत्पादन सुरु गरेकोमा बधाई तथा शुभकामना दिएका थिए । उक्त अवसरमा बोल्दै मन्त्री महतले नेपालमा लगानीको वातावरण बन्दै गएकोमा निजी क्षेत्रको भरोसा प्रति सरकार प्रतिबद्ध रहेको विचार व्यक्त गरेका थिए ।  एकैदिन फ्याक्ट्री उद्घाटन र साँझ काठमाडौँमा रेडबुल पुनरागमनको कार्यक्रममा रेडबुल थाईल्याण्ड टीसिपीका सीईओ सरभूतयुविध्याले विश्वका धेरै देशमा रुचाइएको रेडबुल नेपाली उपभोक्तामाझ पुनः ल्याउन पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सरस बेभरेजेजका सीइओ पवन जगेटीयाले आमन्त्रित स्वदेशी तथा विदेशी अतिथिलाई स्वागत गर्दै जर्मन प्रविधिबाट उत्पादित रेड्बुलको गुणस्तर विश्वस्तरको रहेको र स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!