(एबिसि संचार )
ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार प्रहरीले गोली प्रहार गरी एक जना लागूऔषध कारोबारी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भएका अविनाश राई रहेका छन् ।घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ