(एबिसि संचार )
मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका छन् ।
फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीलाई झापड हानेका हुन् । ओलीलाई झापड हानेको भिडियो अहिले सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ ।महालक्ष्मी–५ धनकुटाका महेश राईले एमाले अध्यक्ष ओलीलाई झापड हानेका हुन् । उनको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।ओलीमाथि भएको आक्रमणको विषयमा प्रहरीले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।(रास्स)