०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

यातायात बन्द गराउँदै हिँडेको अभियोगमा प्रहरीले आइतबार बिहानै दुई जनालाई पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष ०१, २०८०

(एबिसि संचार )

सुनसरीको धरानमा यातायात बन्द गराउँदै हिँडेको अभियोगमा प्रहरीले आइतबार बिहानै दुई जनालाई पक्राउ गरेको छ।

नेकपा एमालेको संकल्प यात्रा प्रभावित गर्ने लक्ष्यसहित  प्रदेश नं १ पुनः नामाकंन संयुक्त संघर्ष समितिले शनिबार र आइतबार कोशी प्रदेशभर यातायात बन्द आह्वान गरेको छ।

शनिबार सुनसरी र झापाबाट नौ जना बन्दकर्ता पक्राउ गरेको प्रहरीले आज धरानबाट दुई जनालाई पक्राउ गरेको हो।

संयुक्त संघर्ष समितिले दिएको जानकारी अनुसार  किरात याक्थुङ चुम्लुङकी केन्द्रीय सल्लाहकार चन्द्रमाया लिम्बु र जिल्ला सचिव शिव सुब्बा इस्वोलाई धरानको भानुचोकबाट पक्राउ गर्एिको छ।यातायात बन्दको दोस्रो दिन आज बिहानैदेखि बन्दकारीहरु धरान, मोरङको पथरी खण्ड र पहाडी क्षेत्रका सडकमा बन्द गराउन निस्केका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संकल्प यात्राको टोली आज पाँचथरको चिवाभन्ज्याङ पुगेर यात्रा समापन गर्दैछ।

सोही यात्रा बिथोल्न कोशीमा आन्दोलनकारीले गएको मंगलबार बन्द आह्वान गरेका थिए। त्यो दिन पूर्व मन्त्री गोपाल किरातीसहित ३५ जनालाई पक्राउ गरेको प्रहरीले हिजो र आजगरी थप ११ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका सबैलाई बिनाशर्त रिहाइको माग गर्दै आन्दोलनकारीले यातायात बन्दको आह्वान गरेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!