(एबिसि संचार )
जितपुरसिमरा उपमहानगरपालिका–३ का वडा अध्यक्ष तारा कार्की घुस रकमसहित सोमबार पक्राउ परेका छन् ।
कार्कीले एक स्थानीय ब्यपारीबाट जितपुरको एक मिठाइ भण्डारमा पाँच लाख घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले पक्राउ गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा प्रमुख उमाकान्त आचार्यले जितपुरसिमरा उपमहानगरपालिका ३ का वडा अध्यक्ष घुस लिँदै गर्दा पक्राउ गरिएको बताए ।