०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

सवारी दुर्घटना न्यूनीकरणका लागि  जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘रिफेल्टिभ स्टिकर’ टाँस गरेको छ

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष ०४, २०८०

   (महेन्द्र सिंह )                                                                  सवारी दुर्घटना न्यूनीकरणका लागि  जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘रिफेल्टिभ स्टिकर’ टाँस गरेको छ । चिसो बढेसँगै हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना हुनसक्ने जोखिमलाई ख्याल गर्दै सवारी साधन र विद्यार्थीको झोलामा ‘स्टिकर’ टाँस गरेको हो । मङ्गलबार नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी चोकमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो ।  बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले अभियानको पहिलो दिन मङ्गलबार तीन सय  सवारी साधनमा स्टिकर टाँस गरिएको जानकारी दिए ।उनले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा रातिको समयमा दुर्घटना बढी हुन सक्ने भएकाले त्यस्ता सवारी साधनहरुमा स्टिकर टाँस गरिएको बताए । उक्त अभियानमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख सुभाषचन्द्र बोहरा र राष्ट्रिय अनुसन्धान कार्यालयका उप–निर्देशक मोहन कुँवर लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!