०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

विभिन्न स्थानबाट ९ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, पुष ०५, २०८०

(एबिसि संचार )                                                                  नेपाल प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोक स्थित होटल डाँफे मुनालबाट अवैध लागूऔषध ब्राउन सुगर ३ ग्राम ५ मिलिग्रामसहित

झापा धुलाबारी नगरपालिका–१० घर भएका ३० वर्षीय सबिन अलीसमेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त होटलको कोठा नम्बर १०२ मा लागूऔषध कारोबार भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा अलीको साथबाट उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी पोखरा महानगरपालिका–९ शिवटोल डेरा गरी बस्ने नुवाकोट घर भएका ४१ वर्षीय राजेन्द्र श्रेष्ठलाई अवैध लागूऔषध गाँजा १ किलो ३ सय ग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको कोठामा गाँजा बेचबिखन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजार र बैदामबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यता सप्तरी, कंचनरुप नगरपालिका–२ बरमझियास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी ३ सय ग्रामसहित उदयपुर बेलका नगरपालिका–६ बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा प्र –०२–००२ प ९५२९ नम्बरको मोटरसाइकललाई नम्बर प्लेट नभएको मोटरसाइकलले ठक्कर दिई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नम्बर प्लेट नभएको मोटरसाइकलमा सवार ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो । हाल फरार उक्त मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

साथै दुर्घटनामा घाइते भएका प्र २–०२–००२ प ९५२९ नम्बरको मोटरसाइकलमा सवार २ जनाको स्थानीय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भइरहेको छ ।

सुनसरी, कोशी गाउँपालिका–१ लौकहीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिद भूमि गाउँपालिका–४ बस्ने ३२ वर्षीय निजम राई र दाङ राप्ती नगरपालिका–९ बस्ने विशाल थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दियाको राजापुर नगरपालिका–४ राजापुर बजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम र नगद ७७ हजार ७ सय रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ राजापुर बस्ने ३१ वर्षीय साजन कुरेशी र ३३ वर्षीय विष्णु श्रेष्ठ रहेका छन् । विष्णु श्रेष्ठको भान्सा कोठामा लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । (रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!