३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेका अवसरमा नेपालगञ्ज–जनकपुर हवाई सेवा सुरु गर्न माग

Logo
Abc Sanchar प्रकाशित सोमबार, माघ ०८, २०८०

(एबिसि संचार )                                                                भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेका अवसरमा नेपालगञ्ज–जनकपुर हवाई सेवा सुरु गर्न माग गरिएको छ ।  धार्मिक पर्यटन प्रवर्द्धन गर्न भन्दै बाँकेमा रहेका धार्मिक अगुवा, पर्यटन व्यवसायी र व्यापारीले हवाई सेवाबाट भारतीय पर्यटक आकर्षित हुने बताएका छन् । भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि नेपालको जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गर्नाले पुण्य प्राप्त हुने पौराणिक मान्यता रहेको धार्मिक अगुवाको भनाइ छ । नेपालगञ्ज–जनकपुर हवाईमार्गसँगै स्थालमार्गलाई पनि प्रभावकारी बनाउन आग्रह गर्दै सातामा एउटा उडान भए पनि त्यसको धार्मिक पर्यटनमा दूरगामी असर पर्ने बताए । नेपालगञ्ज–जनकपुर र जनकपुर–काठमाडौँको एकीकृत हवाई मार्गले नेपालगञ्जको बजारलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै भारतको अयोध्यामा रहेको श्रीराम मन्दिर आउने लाखौँ पर्यटकलाई नेपालगञ्ज हुँदै नेपाल भित्र्याउनसके त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए । नेपालगञ्ज–पोखराको हवाई उडान भएजस्तै नेपालगञ्ज–जनकपुरको उडानका लागि यति एअरलाइन्स, बुद्ध एअरलाइन्स वा श्री एअरलाइन्सको जहाजलाई राति राँझा विमानस्थलमा नै राख्नुपर्ने तर्क गर्दै त्यसपछि यसको भारतमा प्रचार प्रसार गरेर भारतीय पर्यटक नेपाल भित्र्याउन सकिने बताए । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्ज–जनकपुर हवाईमार्ग अविलम्ब सुरु गर्न माग गर्दै यसलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने बताए ।

उनले पर्यटन प्रवद्र्धनका लागि हवाईमार्गसँगै नेपालगञ्ज–अयोध्यास्तरीय बस सेवासमेत सञ्चालन गर्न आवश्यक भएको उल्लेख गर्दै यसबाट नेपालगञ्जको वास्तविक समृद्धि हुने तर्क गरे ।

पर्यटन व्यवसायी सिग्देलले भने, “राजनीतिक नेतृत्वसँग इच्छाशक्ति मात्रै हुने हो भने पर्यटनको एजेण्डालाई लागू गर्न सकिन्छ ।” उनका अनुसार अयोध्या नेपालगञ्जबाट सबैभन्दा बढी नजिक भएको सहर हो । नेपालगञ्जबाट भारतको अयोध्या एक सय ७१ किलोमिटरको दूरीमा रहेको बताइएको छ ।

नेपालका सबै पर्यटकीयस्थललाई जोड्न हवाईमार्ग प्रभावकारी हुने भएकाले हवाई ‘कनेक्टीभिटी’ र बस सेवाको कनेक्टीभिटी आवश्यक भएको सिग्देलको भनाइ छ । नागरिक अभियानकर्मी तथा अधिवक्ता विश्वराज तिवारीले हवाईमार्ग सुरु भएपछि धार्मिक पर्यटन चलायमान हुने उल्लेख गर्दै जनता र संस्कृतिबीचको निकटता बढ्ने बताए ।

उनले भारत र नेपालीबीचको भाइचारा सम्बन्धसमेत बलियो हुनेमा जोड दिँदै यसबाट जनकपुर जानेलाई मानसरोवर जानका लागि पनि सहज हुने बताए ।

नेपालगञ्जको हनुमानगढी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदीप भट्टराईले भारतको अयोध्यामा श्रीरामको दर्शन गरेपछि सीतामाताको दर्शन नगरे पूर्ण लाभ नहुने भएकाले अयोध्याबाट जनकपुर जान हवाईमार्ग अतिआवश्यक भएको जानकारी दिँदै माता जानकीको दर्शन गरेकाले पुनःश्रीराम मन्दिरको पनि दर्शन गर्नुपर्ने बताए ।

“यी दुवै मन्दिरको दर्शन हुने भएकाले धार्मिक पर्यटनमा यसले टेवा पुर्‍याउँछ”, उनले भने । नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिरबाहेक अन्य धार्मिक मठमन्दिर र पर्यटकीयस्थलसमेत रहेका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

बाँके । एसपी अंगुर जिसी* बाँकेको कमाण्ड सम्हालेपछि जिल्ला प्रहरी कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइने तस्करी नियन्त्रण अभियान तीव्र बनाएको छ। *पछिल्लो कारबाही:* खुला सीमाको फाइदा उठाएर भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको *लाखौं मूल्यको प्रतिबन्धित बोइलर कुखुरा राधापुर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ। *कारबाहीको […]

error: Content is protected !!