३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

इरानको दक्षिणपूर्वीमा ९ जना विदेशी नागरिकको मृत्यु

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ १३, २०८०

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा अज्ञात सशस्त्र व्यक्तिहरूले शनिबार ९ जना गैर-इरानी नागरिकको हत्या गरेको अर्ध-सरकारी मेहर समाचार एजेन्सीले जनाएको छ।सशस्त्र व्यक्तिहरूले शनिबार बिहान सरावन काउन्टीको एउटा घरमा विदेशी नागरिकको हत्या गरेको मेहरले बताएका छन् ।मेहरका अनुसार अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले घटनाको जिम्मेवारी लिएको छैन।घटनाको थप जानकारीका लागि अनुसन्धान भइरहेको महरले बताएका छन्।-(रासस-सिन्ह्वा)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]