२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

काठसहित गाडी नियन्त्रणमा

Logo
Abc Sanchar प्रकाशित बुधबार, माघ १७, २०८०

(एबिसि संचार )                                                                सिराहा सब डिभिजन वन कार्यालय बन्दीपुरले एक सय क्यूविकफिट सखुवा प्रजातिको चिरान काठ लोड गरिएको गाडीसहित चालकलाई नियन्त्रणमा लिएको छ ।सब डिभिजन वन कार्यालय बन्दीपुरको गस्ती टोलीले कर्जन्हा नगरपालिका १ बल्टीबाट ज १ च १५७३ नम्बरको गाडीमा काठ अपलोड गरी बन्दीपुरतर्फ ल्याउँदै गरेको अवस्थामा चालकलाई नियन्त्रणमा लिएको हो । काठसहित गाडी बरामद गरिएको  डिभिजन वन कार्यालय लहानका प्रमुख सुजितकुमार झाले जानकारी दिए ।विशेष सूचनाका आधारमा सब डिभिजन वन कार्यालय बन्दीपुरका वन अधिकृत मोहम्मद आबिद हुसेन नेतृत्वको वन कर्मचारीको टोलीले गाडी, चालक र काठ नियन्त्रणमा लिएको हो । बरामद काठ र गाडी डिभिजन वन कार्यालय लहानलाई बुझाएको वन अधिकृत हुसेनले जानकारी दिए ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

error: Content is protected !!