(एबिसि संचार ) बर्दियाको गुलरिया नगरपालिका-२ संगमबस्ती बस्ने २२ वर्षीय विजय तिरूवालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५ सय २० मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कारागार सुरक्षा गार्ड बर्दियामा खटिएको प्रहरीले बर्दिया कारागारमा रहेका कैदीबन्दीहरूसँग भेटघाट गर्न आएका तिरूवालाई जाँच गर्ने क्रममा काँचो माछाभित्र लुकाई छिपाई ल्याएको उक्त पदार्थ फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो बर्दियाकै मधुबन नगरपालिका-५ गाउँ नम्बर १० बस्ने २४ वर्षीय किरण पुन मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ढोढरी र सानोश्रीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।