(महेन्द्र सिंह ) बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१४ उदयपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्रामसहित भारत बहराईच बस्ने २६ वर्षीय अजिज शेषलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले युपी ३२ एफवाइ ०३९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक शेषलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।