(एबिसि संचार ) लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको मृत्यु भएको छ ।संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (यूएनआइएफआइएल) मा तैनाथ सिपाही सुवास थापाको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।सेनाका अनुसार बिहीवार मृत्यु भएका थापा पुरानो गोरख गण (शान्ति सेना) ६४ औं डफ्फामा कार्यरत थिए ।