२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीमा शुक्रबार घडीयाल गोही छाडिएको

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ २०, २०८०

(एबिसि संचार )                                                                बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीमा शुक्रबार घडीयाल गोही छाडिएको छ । बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले एक कार्यक्रमकाबीच राप्ती सोनारी–१ स्थित कुसुम बैरिया–भम्का जोड्ने घाटको राप्ति नदीमा एउटा भालेसहित १० गोही छाडिएको हो ।लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसीले नदीमा गोही छाड्दै वातावरणीय सन्तुलन र जलवायु स्थिरता कायम राख्न घडियाल गोहीको भूमिका अति नै महत्वपूर्ण हुने बताए ।उनले नदीमा छाडिएका गोहीको संरक्षणका उपाय खोजिनुपर्नेमा जोड दिए । राप्ती नदी आसपासका बस्ती त्यहाँँको संस्कृति र त्यसको वरिपरिको धार्मिक तथा पर्यटकीय गन्तव्यलाई समेटेर पर्यटकीय सर्किट बनाउन सबैको पहल आवश्यक रहेको मन्त्री केसीको भनाइ थियो ।सोही अवसरमा तराई भूपरिधि कार्यक्रम प्रबन्धक लक्ष्मणप्रसाद पौडेलले आहाराविना वन्यजन्तुको संरक्षण सम्भव नहुने बताए ।सोही अवसरमा तराई भूपरिधि कार्यक्रम प्रबन्धक लक्ष्मणप्रसाद पौडेलले आहाराविना वन्यजन्तुको संरक्षण सम्भव नहुने बताए । घडियाल गोहीका कारण स्थानीयलाई कुनै जोखिम छैन । गोही र घडियाल घट्दै गएकाले वातावरणमा समस्या पर्ने हुँदा समस्या नहोस् भन्नका लागि नै घडियाल नदीमा छाडिएको हो । उनले भने, “उसको आहारा ठूलो वन्यजन्तु होइन, फ्रेस माछा नै हुन् र पानीभित्र पाइने खानेकुरा मात्र हुन्, घाम लागेका बेला बालुवामा फुल पार्छन्, त्योबेला अलि सजगता अपनाउन जरुरी छ ।”होमस्टे महासङ्घका महासचिव कृष्ण चौधरीले समुदायलाई संरक्षणमा जागरुक बनाएर संरक्षणमा सहभागी बनाउन आवश्यक भएको बताए । मानवबस्तीका बीचको नदीमा घडीयाल छाडिँदा हुनसक्ने जोखिमलाई ख्याल गरिनुपर्ने उनको भनाइ थियो । “नदीमा आश्रित समुदायको रोजीरोटीको पनि ख्याल गर्न जरुरी छ”, उनले भने, “संरक्षणसँगै नदीमा निर्भर समुदायको बाँच्ने अधिकार खोसिनु हुँदैन ।”यस क्षेत्रमा बालुवा छानेर सुन खोज्ने तथा माछा मारेर जिविका चलाउनेको बसोबास धेरै रहेकाले सो क्षेत्रलाई घरबाससहितको पर्यटकीय क्षेत्र बनाउन पहल थालिनुपर्ने महासचिव चौधरीले बताए । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले संरक्षणसँगै नदीमा निर्भर समुदायलाई बाँच्ने आधारको विकल्प दिनमा जोड दिए ।मानवबस्तीका बीचमा घडियाललाई सुरक्षित राख्न चुनौती रहेको उनको भनाइ थियो । “मानवबस्तीका बीचमा घडियाललाई सुरक्षित राख्न सबैको नियमन आवश्यक छ”, उनले भने, “समुदायलाई नदीमाथिको निर्भरताको विकल्प दिन आवश्यक छ र त्यसो गर्न सकेमात्र त्यो सम्भव छ ।” घडियाल गोहीमा सबैभन्दा ठूलो प्रजातिको गोही हो । त्यसको भालेको लम्बाइ चारदेखि छ मिटरसम्मको हुने गर्दछ । सन् १९७० भन्दा पहिले नेपाल, पाकिस्तान, म्यान्मा, भारत र भूटानका नदीमा पाइने उक्त गोही हाल नेपाल र भारतमा मात्र पाइन्छन् ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्कअनुसार हाल नेपालको नारायणी नदीमा ८४, राप्ती नदीमा ८२, बबई नदीमा ३१ र कर्णाली नदीमा एक गरी जम्मा एक सय ९८ घडियाल गोही छन् ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

error: Content is protected !!