(एबिसि संचार )
कैलालीको धनगढीबाट खैरो हेरोईन र चरेससहित तीन युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-१ त्रिवेणी चोकबाट १ ग्राम खैरो हेरोईन र ४ ग्राम ४०० मिलिग्राम चरेससहित सोही ठाँउ बस्ने २८ वर्याीय दिनेश बि.क., १९ वर्षीय निखिल जोशी र रुपन्देहीको बुटवल नगरपालिका-१ घर भई हाल धनगढी उपमहानगरपालिका१ एल एन चोक बस्ने २१ वर्षीय समिर सुनार शुक्रवार राति पक्राउ परेका हुन्।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।