(एबिसि संचार )
धनगढीबाट कृते सहकारी छाप दस्तखत मुद्दाका दुई जना फरार प्रतिबादी पक्राउ परेका छन्।
बझाङको छब्बिसपाथिभेरा गाउँपालिका-६ बस्ने २२ वर्षीय बिकास चलाउने र सोही ठाउँका २३ वर्षीय सुन्दर चलाउने शुक्रवार दिउँसो धनगढी स्थित चौराहबाट पक्राउ परेका हुन्। दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।