(एबिसि संचार )
पश्चिम नवलपरासीमा अज्ञात समूहको गोली प्रहारबाट एक व्यवसायी घाइते भएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराबारीनजिकै अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर ६५ वर्षीय व्यवसायी गजेन्द्र विश्वकर्मा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराका अनुसार सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मामाथि घर फर्कने क्रममा शनिबार राति गोली प्रहार भएको हो ।पाखुरामा गोली लागेर घाइते भएका विश्वकर्मालाई तत्काल चिसापानी अस्पताल बर्दघाट लगिए पनि उपचार सम्भव नभएपछि बुटवलस्थित तिनाउ अस्पताल रिफर गरिएको थियो । गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहअरीले जनाएको छ ।