(एबिसि संचार ) बर्दिया जिल्लामा तीनवटा जबरजस्ती करणीका घटना सार्वजनिक भएका छन् । एक वृद्धासहित दुई जना किशोरमाथि जबरजस्ती करणी भएको नेपाल प्रहरीले जानकारी दिएको हो ।६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-११ मिलन चोक बस्ने ३० वर्षीय रामकिसुन थारूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारूले सोही नगरपालिका-११ बिजयनगरस्थित कपास विकास फारममा गत १४ गते ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी बर्दियाकै १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-४ कैलाशनगर बस्ने ६७ वर्षीय पंम बहादुर रानाभाटलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रानाभाटले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै बर्दियामै १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-६ महुवा बस्ने १५ वर्षीय किशोरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरले ललाई फकाई बाँके नेपालगंज उपमहानगरपालिका-१ बेलासपुरस्थित दाजु नाता पर्ने व्यक्तिको कोठामा लगी माघ ४ देखि १४ गतेसम्म जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।