(एबिसि संचार )
ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्याल पक्राउ परेका छन् । सोमबार उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले बताए ।
होटलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले माघ ७ मा प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । अदालतको आदेश अनुसार ललिता अहिले ‘तारेख’मा छुटेकी छन् । उनीहरू विरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो ।ललितपुर महानगरपालिका वडा नम्बर–३ मा सञ्चालित होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । भदौ १४ मा घाइते भएका उनी हालसम्म पनि अचेत अवस्थामा छन् ।होटलका संचालहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । भदौ १४ मा दिउँसो ३ बजेर ३० मिनेटमा स्विमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएको उनका भाई विवेकले बताए । (रास्स)