(एबिसि संचार ) प्रधानसेनापति प्रभुराम शर्माले सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुवेदार र सुवेदारहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।मंगलवार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति शर्माले साधारण सेवातर्फ रिक्त पदमा बढुवा भएकाहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ति गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवामार्फत गर्नुपर्ने व्यवस्था छ ।सोही अनुसार बढुवा भएका प्रमुख सुवेदार/सुवेदार ३२ जना मध्ये विभिन्न संयुक्त राष्ट्र संघीय मिसन (शान्ति सेना)मा खटिएका ९ जनाबाहेक २३ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।