(एबिसि संचार ) हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले अहिले बिहान लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यस्तै, अहिले बिहान तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार बुधबार आज दिउँसो लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।