२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

व्यवसायी अरुणकुमार चौधरीलाई रिहा गर्न आदेश दिन न्यायाधीश कारबाहीमा पर्ने

Logo
Abc Sanchar प्रकाशित बिहिबार, माघ २५, २०८०

(एबिसि संचार )                                                                बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीलाई रिहा गर्न आदेश दिन न्यायाधीश कारबाहीमा पर्ने भएका छन् । उनलाई न्याय परिषद्ले कारबाही गर्ने भएको हो ।सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सिआइबीलाई आदेश दिएको थियो । उक्त आदेशअनुसार पक्राउ परेका चौधरीसहित तीनै जना बुधवार रिहा भएका थिए । व्यवसायी चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर रिहा भएका थिए । अनुसन्धान नसकिँदै रिहा गर्न आदेश दिएपछि न्यायालयमाथि चौतर्फी प्रश्न उठ्दै आएको छ । पैसा र पावरमा चौधरीलाई रिहा गरेको न्यायालयमाथि आरोप लाग्ने गरेको छ ।बुधवार बसेको  प्रतिनिधिसभाको बैठकमा सांसदहरूले पनि जग्गा किर्ते गर्ने, सहकारी ठगी गर्ने लगायतलाई कतै राजनीतिक संरक्षण नै त भइरहेको छैन भन्दै सरकारको आलोचनासमेत गरेका थिए ।

बाँसबारी जग्गा हिनामिना प्रकरणका आरोपी अरुण चौधरी रिहा हुँदै गर्दा सांसदहरूले भने जुनसुकै राजनीतिक दल र आर्थिक रूपमा जतिसुकै शक्तिशाली भए पनि भ्रष्टाचार र बेथितिमा संलग्नलाई छाड्न नहुने माग गरिरहेका थिए । राजनीतिक दल र आर्थिक रूपमा शक्तिशाली भएकै आड लिएर बेथिति गर्नेहरूले छुट पाउन नहुने उनीहरूको माग छ ।

पैसा र पावरमा व्यवसायी चौधरीलाई रिहा गरेको आरोप लागिरहेको बेला उक्त आदेश दिने न्यायाधीश आचार्यलाई न्याय परिषद्ले कारबाही गर्न लागेको उच्च स्रोतले जनाकारी दियो ।

अदालतको आदेशमा चौधरी हिरासत मुक्त भएपनि  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीमाथि अनुसन्धान जारी राखेको छ । अदालतको आदेशअनुसार रिहा भएपछि सीआईबीले अब २५ दिनभित्र अनुसन्धान सकेर मुद्दा बुझाउनुपर्ने बाध्यता छैन ।

किर्ते गरी सरकारी जग्गा हिनामिना गरेको कसुरमा भइरहेको अनुसन्धानलाई थप गति दिने तयारी प्रहरीको छ । सीआईबीले अब एक वर्षसम्म यो प्रकरणको अनुसन्धान गर्न पाउँछ । अहिले हिरासत मुक्त भएकाहरूले पनि अभियोगबाट उन्मुक्ति नपाएको सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रस्ट्याए ।

सीआईबीले बाँसबारीमा रहेको सरकारी जग्गा हड्पिएको बारे डिल्लीबजार मालपोत कार्यालयलाई पनि लिखित जानकारी गराएको छ । सरकारको निर्णयविनै १० रोपनीमा चाँदबाग रेसिडेन्सीको नाममा व्यक्तिगत बनाएको भन्दै सीआईबीले जफतका लागि जानकारीसहित पत्राचार गरेको हो । गत बिहीबार सरकारी जमिन हडपेको आरोपमा व्यवसायी अरुण चौधरीसहित तीनजना पक्राउ परेका थिए ।

उनीहरूमाथि २०४३ सालमा स्थापित च्याम्पियन फुटवेयरको नाममा सरकारी स्वामित्वको जमिन २०५१ सालका व्यक्तिको बनाएको आरोप छ । त्यही जमिनमा अहिले चौधरी समूहकै चाँदबाग स्कुल सञ्चालन हुँदै आएको छ ।

त्यसो त पक्राउ पर्दा प्रहरीले उनलाई हिरासतमा पनि राखिएकाे थिएन । त्यसको पनि  चौतर्फी आलोचना भएको थियो । हिरासत छल्न उनले आफू बिरामी भएको नाटक गरेको आरोप लागेको थियो ।

सामाजिक सञ्जालमा मनोहरी कार्की लेख्छन्–‘रामे–श्यामे’ पक्राउ पर्दा नदुख्ने, धनी पक्राउ पर्दा किन दुख्छ मुटु ?  हिरासतबाट बच्न  प्रयोग गरिएको अर्को आपराधिक बाटो हो यो ।’

सामाजिक प्रयोगकर्ता वासुदेवि अधिकारी यसलाई ‘नाटक’ ठान्छन् । उनी भन्छन्– ‘यो नाटक हो, जेलको चिसोमा सुत्नुपर्ला भनेर भिआइपी अपराधी बनेको, धनीलाई जेल जानबाट बच्न तुरुन्तै समस्या सिर्जना हुँदो रहेछ, धन्यवाद डाक्टर साप ।’

कमल पराजुली भने ठुलाबडाहरू पक्राउ पर्ने बित्तिकै अस्पताल भर्ना हुने फेसन नै बनेको बताउन् । उनले भनेका छन् ‘ठुलाबडाहरू पक्राउ पर्ने बित्तिकै अस्पताल भर्ना हुने फेसनजस्तै भइसक्यो,’ कमल पराजुली लेख्छन्, ‘यही हो,गरिबलाई ऐन ठूलबडालाई ‘चेन’ भनेको ।’(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

error: Content is protected !!