(एबिसि संचार ) नेपाल प्रहरीले विभिन्न पाँच पदमा भर्ना खुला गराएको छ । प्रहरीले जवान र कार्यालयसहयोगी अन्तरगत भान्छे, हजाम, कुचिकार र खेलाडी पदमा दरखास्त आह्वान गरेको हो ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रकाशित गरेको सूचनामा अनुसार फागुन २ देखि चैत ९ सम्म आवेदन बुझाउन सकिनेछ ।