(एबिसि संचार ) कञ्चनपुरमा ७० किलो बोईलर कुखुरा बरामद गरिएको छ।बेलौरी नगरपालिका-१ भुपु सैनिक टोलबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २१ हजार मूल्यका ७० किलो बोईलर कुखुरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरबाट १५ हजार मूल्यको प्याज, चिनी, आयुर्बेदिक औषधी बरामद गरेको प्रहरीले बताएको छ। बरामद गरिएका बोईलर कुखुरालाई आवश्यक प्रक्रिया पुरा गरि नष्ट गरेको प्रहरीले जनाएको छ।