२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

सामाजिक सञ्जाल फेसबुकमा प्रहरीको चरित्र हत्या हुनेगरी लेखेको आरोपमा माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुष्कर भट्ट पक्राउ

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ २७, २०८०

(एबिसि संचार )                                                                सामाजिक सञ्जाल फेसबुकमा प्रहरीको चरित्र हत्या हुनेगरी लेखेको आरोपमा माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुष्कर भट्ट पक्राउ परेका छन् ।विद्युतीय कारोबार (साइबर अपराध)सम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । डीएसपी प्रकाश डाँगीका अनुसारका भीमदत्त नगरपालिका–४ का ४२ वर्षीय पुष्कर भट्टलाई गड्डाचौकीबाट शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।फेसबुकमा चरित्र हत्या हुने किसिमले लेखेको भन्ने जाहेरीपछि नियन्त्रणमा लिएका हौँ’, उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहरेको छ ।’ विद्युतीय कारोबारसम्बन्धी जाहेरीपछि प्रहरीले शुक्रबार भट्टविरुद्ध जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका बेला प्रहरी निरीक्षक शाहीले चरम यातना दिएको नाथको आरोप थियो । यद्यपि प्रहरीले थुनुवा कक्षमा कसैलाई यातना नदिएको दाबी गरेको थियो ।भिडिओ सार्वजनिक भएपछि भट्टले कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापा र प्रहरी निरीक्षक शाहीविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

error: Content is protected !!