२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

ठमेलमा बालिका बलात्कृत

Logo
Abc Sanchar प्रकाशित आइतबार, माघ २८, २०८०

(एबिसि संचार )                                                                  साथीको जन्मदिन मनाउँदा जाँदा एक जना नाबालिग बलात्कृत भएका छन् । ठमेलमा भेटिएका साथीका आफन्तले घर पुर्याइदिन्छु भन्दै होटलमा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।हालै अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ भने सरकारी वकिलले आरोपी गोरखा स्थायी घर भइ काठमाडौं बस्दै आएका ३५ वर्षीय गोपीराज गुरुङविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गराएको छ ।घटना २३ चैत २०७९ को हो । आरोपी फेला नपरेपछि प्रहरीले गुरुङलाई फरार प्रतिवादीका रुपमा अभियोग अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार, राति ९ बजेतिर पीडित नाबालिग साथीको जन्मदिन मनाउन भन्दै ठमेल पुगेका थिए । त्यही क्रममा उनले मादक पदार्थ समेत सेवन गरेका थिए ।

केही समयपछि साथी फोन आएर एक घन्टाका लागि भन्दै बाहिर निस्किएकी थिइन्, त्यसबेलासम्म तिमी यहीँ बसेर खानपिन गर्नु भनेकी थिइन्’, पीडितले भने, ‘त्यसपछि म साथीको भेना पछि नाम थाहा भएका गोपीराज गुरुङसहित अन्य ४ जना साथीहरुसँग बसेको थिएँ ।’

तर, दुई घन्टासम्म पनि साथी नफर्किएपछि त्यहाँ बस्न आफूलाई उचित नलागेको पीडितले भनेका छन् । ‘मैले निस्किन लाग्दा उनले तिमीलाई म घरसम्म पुर्याइदिन्छु चिन्ता नगर्नु भनेका थिए, त्यसपछि विश्वासमा गरेर म रेष्टुरेन्टमै बसिरहेको थिएँ’, उनले भनेका छन्, ‘राति १२ः३० बजेतिर उहाँको गाडी चढेर सबै निस्किएका थियौं, ३ जना साथीहरु झरेपछि मलाई दिदीको घरमा झारी दिनु भन्दा उनले मानेनन् ।’पीडितका अनुसार, ‘राति यति बेला भइसक्यो, तिम्रो घरमा नजाउ, म लजमा लगेर राख्छु दुई वटा कोठा लिउँला, एउटा कोठामा तिमी बसौली’ भनेका थिए । त्यसपछि रात पनि परेको र मापसे समेत गरेकाले आफूले हुन्छ भनेको उनले बताएका छन् ।
त्यसक्रममा गुरुङले ३०६ नम्बर कोठा देखाएर ‘तिमी त्यहीँ सुत्ने’ हो भनेको उनले बताएका छन् । पीडितका अनुसार, आफू भने अर्को कोठामा बस्ने उनले बताएका थिए ।

तर, राति साढे २ बजेतिर कोठामा आएर उनले जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरी कहाँ किटानी जाहेरी दिएका छन् । त्यसक्रममा आफूले लात्ती र मुक्का हानेर प्रतिवाद गर्ने प्रयास गरेपनि बल प्रयोग गरेर जबरजस्ती करणी गरेको उनले बताए ।

आफूले प्रहरी र आफन्तलाई खबर गर्छु भन्दा उनले ‘तिमीलाई कति पैसा चाहिन्छ दिन्छु भन्दै लोभ देखाएको’ उनले भनेका छन् । त्यसपछि आफू होटलबाट भागेको र डेरा कोठा बस्दा चिनेको एक जना दिदीलाई घटनाबारे बताएको उनले बताए । त्यसपछि उनले आफ्नो दाइलाई समेत घटनाबारे जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

error: Content is protected !!