( महेन्द्र सिंह ) नेपालगन्ज सहरलाई सुन्दर र व्यवस्थित बनाउन ट्राफिक व्यवस्थापन अत्यन्तै आवश्यक रहेको महसुस भइरहेका सम्वद्ध सरोकारवाला निकायले त्यसको प्रयास सुरु गरेका छन् ।ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने अभियान अन्तर्गत पहिलो चरणमा धम्बोझी चोकस्थित बागेश्वरी मन्दिर जाने प्रवेशद्वार देखि त्रिवेणी मोडसम्म ‘एकतर्फी पार्किङ’ कायम गरिएको छ । भने आइतबार, सोमबार र मंगलबार दायाँ तथा बुधबार, विहीबार र शुक्रवार बायाँतर्फ मात्र पार्किङ गर्न दिइने जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीले जानकारी दिए ।उनका अनुसार एकतर्फी पार्किङलाई कडाईका साथ कार्यान्वयन गरिने छ भने उक्त क्षेत्रमा ट्राफिक प्रहरीको भूमिकालाई समेत अव प्रभावकारी गराइने बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीले बताए ।