(एबिसि संचार ) काठमाडौँको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको पहिचान प्रहरीले खुलाएको छैन । शनिवार राति ओखलढुङ्गा घर भएका दिपेश डेरामा मृत अवस्थामा फेला परेका थिए ।काठमाडौँमा प्लम्बिङको काम गर्ने दीपेशलाई उनकै साथीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । पक्राउ परेका आरोपी पनि मिस्त्री हुन् ।उनलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।