२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेकपा माओवादीका नाममा चन्दा आतंक,

Logo
Abc Sanchar प्रकाशित मंगलबार, फाल्गुण ०१, २०८०

(एबिसि संचार )

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा पूर्वका केही जिल्लाका शैक्षिक संस्थाहरुमा चन्दा माग गर्दै धम्की दिने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलामको माम्सेबुङ गाँउपालिका १ गजुरमुखी घर भई हाल काठमाडौंस्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षका प्रविण मिश्र र पाँचथरको याङवरक गाउँपालिका १ बस्ने अन्दाजी ३० वर्षीय विपिन अधिकारी रहेका  छन । उनीहरुले विगत केही समयदेखि मोरङ लगायतका जिल्लामा रहेका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनका नाममा चन्दा माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।महासचिव महावीरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको लेटरप्याड प्रयोग गरी चन्दा माग गर्ने र नदिए ध्वांसात्मक कार्य समेत गर्ने धम्की दिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]