१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

२ दिनसम्म इन्टरनेटमा रोक

Logo
Abc Sanchar प्रकाशित आइतबार, फाल्गुण ०६, २०८०

भारतको बिहार राज्यको दरभंगा जिल्लामा २ दिनसम्म इन्टरनेटमा रोक लगाइएको छ । सरस्वती पूजापछि मूर्ति विसर्जनका क्रममा भएको हिंसालाई दृष्टिगत गरेर प्रशासनले पूरै जिल्लामा इन्टरनेटमा प्रतिबन्ध लगाएको हो । इन्टरनेटमाथिको प्रतिबन्ध फेब्रुअरी १७ को दिउँसो २ बजेदेखि लागू भई १९ फेब्रुअरी दिउँसो २ बजेसम्म लागू रहनेछ ।दरभंगाका एसपी र डीएमको प्रतिवेदनअनुसार जिल्लामा केही असामाजिक तत्त्वहरूले आपत्तिजनक सामग्री फैलाएर अफवाह फैलाइरहेका छन् । यस्तो अवस्थामा फेसबुक, ट्वीटर, ह्वाट्सएप, टेलिग्राम, गुगल प्लस, वीच्याट, युट्युब जस्ता इन्टरनेट मिडियामा तत्काल सन्देश पठाउने सुविधालाई फागुन १९ गतेसम्म बन्द गरिएको छ ।’ गृह विभागका वरिष्ठ मुख्य सचिव एस सिद्धार्थले आफ्नो आदेशमा भनेका छन् ।जिल्लाको मुरिया गाउँमा बिहीबार सरस्वती मूर्ति विसर्जनका क्रममा हिंसा भड्किएको थियो । विसर्जनका क्रममा ढुङ्गा हानेपछि त्यहाँ अराजकताको अवस्था सिर्जना भएको थियो । घटनाको जानकारी पाएपछि स्थानीय प्रहरीले आक्रमणकारीहरूलाई नियन्त्रण गर्ने प्रयास गरेका थिए । तर सङ्ख्या धेरै भएकाले प्रहरी पछि हट्नुपर्‍यो । सो क्रममा प्रहरी नायब निरीक्षक ध्रुव चौधरीसहित कैयौं प्रहरी घाइते भएका थिए ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । बुधबार मध्यरातमा मुम्बईको बान्द्रास्थित उनको घरमा एक चोरले चक्कु प्रहार गरेका हुन् । खानलाई अहिले मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ । चोरले सैफमाथि हमला गरे र त्यहाँबाट भागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सैफकी पत्नी तथा बलिउड अभिनेत्री करिना कपुर र उनका दुवै छोराछोरी पूर्णरुपमा सकुशल छन् । यस हमलामा […]

  काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उनले ५० हजार लागतमा तरकारीखेती गरे । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको […]

भारतको बिहार राज्यको दरभंगा जिल्लामा २ दिनसम्म इन्टरनेटमा रोक लगाइएको छ । सरस्वती पूजापछि मूर्ति विसर्जनका क्रममा भएको हिंसालाई दृष्टिगत गरेर प्रशासनले पूरै जिल्लामा इन्टरनेटमा प्रतिबन्ध लगाएको हो । इन्टरनेटमाथिको प्रतिबन्ध फेब्रुअरी १७ को दिउँसो २ बजेदेखि लागू भई १९ फेब्रुअरी दिउँसो २ बजेसम्म लागू रहनेछ ।दरभंगाका एसपी र डीएमको प्रतिवेदनअनुसार जिल्लामा केही असामाजिक तत्त्वहरूले […]

error: Content is protected !!