३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

मोटोपन कम कसरी गर्ने उपायहरु,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, माघ १८, २०८२

अहिले मोटोपनको कारण विश्वमा भयावह स्थिति सिर्जना भएको छ । सुविधासम्पन्न जीवनशैली तथा खानपानसम्बन्धी न्यून ज्ञानका कारण धेरै मानिस मोटोपनको समस्याबाट ग्रसित छन् । कुनै पनि मानिसको तौल तथा उचाइको अनुपात २५ वा सोभन्दा बढी भएमा उसलाई मोटोपनको समस्या भएको बुझिन्छ ।

मोटोपनका कारण शरीरमा अन्य धेरै नसर्ने दीर्घकालीन रोगहरू ह्दयाघात, पक्षघात, मधुमेह, उच्च रक्तचाप, यन्थेरोस्केलेरोसिस, हाडजोर्नी समस्या, अस्टियोपोरोसिस, आर्थराइटिस हुनसक्छ । यसैगरी मिर्गाैला फेल हुने, स्तन क्यान्सर, पित्तथैलीको क्यान्सर पनि हुन सक्छ । त्यसैले स्वस्थ जीवनशैली अपनाउनुपर्छ । यसका लागि नियमित व्यायाम तथा सन्तुलित खानपानमा ध्यान दिएमा मोटोपनको समस्याबाट गुज्रनु पर्दैन ।

मोटोपन कम गर्न खानपान

अन्न (होल ग्रेन) : अन्न समूहमा पर्ने खाद्यान्नहरूमा कार्बोहाइड्रेड पाइने हुँदा यिनीहरूले शरीरलाई काम गर्न चाहिने आवश्यक शक्ति प्रदान गर्छ । ब्राउन राइस, गहुँ, जौ, मकै, फापर, ओट्स, कर्नफ्लेक्स, कोदो, जुनेलोहरू अन्न समूहमा पर्छन् । त्यसैले दैनिक रूपमा शरीरलाई चाहिने क्यालोरीअनुसार अन्न लिनुपर्छ । डाइटिङको बहानामा अन्न समूहका खाना हटाएमा इनर्जीको कमी हुन गई शरीरमा अरू नकारात्मक असरजस्तो कमजोरी, चिडचिडापन, आलस्यता, थकान देखा पर्न सक्छ ।

गेडागुडी तथा दलहन : गेडागुडी तथा दलहन प्रोटिनका मुख्य स्रोत हुन् । चना, मटर, भटमास, राजमा, बोडी, रहर दाल, मुसुरो, मस्याङ, गहत, मुंग, क्वाँटीका परिकार बनाएर खान सकिन्छ । साथै गेडागुडी तथा दलहनको सुप बनाएर दैनिक दुई–तीन ग्लास पिएमा तौल घटाउन सहयोग गर्छ ।

रेसायुक्त खाना : तौल घटाउन रेसायुक्त खानेकुराको महत्त्वपूर्ण भूमिका हुन्छ । यिनीहरूले शरीरमा लामो समयसम्म सेटाइटी प्रदान गरेर पोषण तत्त्वहरूलाई सोसेर मेटाबोलिजममा मद्दत गर्छ । बाहिरी बोक्रा नताछी, नपकाई काँचै खान मिल्ने सलाद तथा फलहरू फाइबरका राम्रा स्रोत हुन् । स्याउ, अम्बा, गाजर, काँक्रा, सुन्तला, चुकन्दर, बन्दा, ब्रोकाउली, स्प्राउट, लेट्स आदि यसमा पर्छन् । यिनीहरू भिटामिन तथा मिनिरलका स्रोत पनि हुन् । प्रशस्त मात्रामा रेसादार खानेकुरा खाएमा मधुमेह, मोटोपन तथा कब्जियतका रोगीहरूलाई फाइदा पुग्छ ।

दूध तथा दूधजन्य परिकार : दूध तथा दूधजन्य पदार्थहरू क्याल्सियम, फोस्फरस, म्याग्नेसियमजस्ता खनिज पदार्थका राम्रा स्रोत हुन् । शरीर वृद्धि विकासका लागि अत्यावश्यक प्रोटिनका मुख्य स्रोत पनि हुन् । तौल घटाउन चाहनेले चिल्लो हटाइएको दही, मोही, लस्सीलाई नियमित रूपमा सेवन गर्नु फाइदाजनक हुन्छ । यसले शरीरलाई निर्जलीकरण गर्नुका साथै प्रोबायोटिकका उत्तम स्रोत हुन् । धेरै गुलियो तथा चिल्लोयुक्त दुग्ध परिकारजस्तो कलाकन्द, मिठाई, कुराउनी, चीज, घिउ भने नखानु बेस हुन्छ ।

माछा, मासु र अन्डा : माछा तथा मासु प्रोटिनका उत्कृष्ट स्रोत हुन् । यिनीहरूमा कार्बोहाइड्रेट लुप्त हुने भएकाले खान सकिन्छ । सेतो मासु, माछा तथा अन्डा नियमित रूपमा खान सकिन्छ । अस्वाभिक मात्रामा शरीरको आवश्यकता भन्दा धेरै भने खानु हुँदैन ।

नट्स : दैनिक रूपमा निश्चित मात्रामा काजु, आलमन्ड, बदाम, फर्सीको बियाँ, सूर्यमुखीको बियाँ, डेट्स, तील, आलसको बिया, ओखर खानुपर्छ । यसले शरीरमा रहेको नराम्रो चिल्लो कम गरी फाइदाजनक चिल्लो बढाउन मद्दत पुर्‍याउँछ । यिनीहरूले फाइदजनक चिल्लोको मात्रा बढाउने भएकाले कोलेस्ट्रोलका बिरामीलाई पनि फाइदा पुर्‍याउँछ ।

ताजा सागसब्जी : साग तथा अन्य तरकारीमा चिल्लो तथा चिनीको संयोजन अति कम हुने हुँदा तौल घटाउन चाहनेहरूले प्रशस्त मात्रामा दैनिक खानुपर्छ । यिनीहरू फाइबर, भिटामिन (ए, ई, के, बी कम्प्लेक्स), क्याल्सियम, आइरन, फ्लोरिक एसिड, म्याग्नेसियमजस्ता सूक्ष्म पोषण तत्त्व प्रशस्त मात्रामा पाइने हँुदा शरीरमा माइक्रो न्युट्रियन्टको कमी हुन दिँदैन ।

सुप : चिसो मौसममा प्रशस्त सुप पिउँदा शरीरलाई न्यानो राख्न र चिसोबाट जोगाउन सहयोग गर्छ । मसरुम, चिकेन, बोंनम्यारो, मिक्स भेजिटेबल सुप घरमै बनाएर खानुपर्छ ।

फलफूल : ताजा फलफूल, सूक्ष्म खनिज पदार्थ, भिटामिन मिनरल्स तथा एन्टि अक्सिडेन्टका उत्तम स्रोत हुन् । फलफूलमा भिटामिन (ए, सी, ई, के), थाएमिन, राइबोफ्लोमिन, म्याग्नेसियम, सेलेनियम, फ्लेभोनोइद्स साथै अन्य धेरै तत्त्वहरू पाइन्छ । तौल घटाउन चाहनेले फ्रुट जुसभन्दा पनि सिंगै फलफूल राम्रोसँग चपाएर खानु प्रभावकारी हुन्छ । फलफूल राम्रोसँग सफा गरेर सिंगै अथवा चपाएर खान मिल्ने टुक्रा पारेर चपाएर खाने गर्नुपर्छ ।

पानी : वयस्क मानिसलाई दैनिक तीन–चार लिटर पानी आवश्यक पर्छ । पर्याप्त मात्रामा पानी पिएमा खाएको खाना राम्रोसँग पचाउन तथा पोषण तत्त्व सोसेर स्वस्थ रहन सहयोग गर्छ । तौल घटाउन चाहने मानिसले बिहान–बेलुकाको खाना खानुभन्दा आधा घण्टा अघि पानी पिउनुपर्छ । यसो गरेमा खाना राम्रोसँग पचाउनुका साथै खुराकमा कमी गर्न पनि राम्रो उपाय हुन सक्छ ।

खान नहुने कुरा

मैदा तथा मैदाजन्य परिकार : पास्ता, चाउचाउ, चाउमिन, बेकरी उत्पादन, डोनट, बिस्कुट, पेस्ट्री, ह्वाइट ब्रेड, केक तथा अन्य बजारिया प्रशोधित परिकारहरू खानु हुँदैन् ।

 जंक फुड खानु हुँदैन ।

 कार्बोनेटेड पेय, सोडापानी, फ्रुटी, इनर्जी ड्रिंक्स तथा विभिन्न प्रशोधित जुस पिउनु हुँदैन ।

 मिठाई तथा गुलिया परिकारहरू जस्तै– जेरी, रसबरी, लड्डु, बर्फी, क्यान्डी, चकलेट, पेडा तथा अन्य मैदाजन्य परिकार, प्रसोधित खानेकुरा तथा मिठाईहरूमा मोनोस्याचुराइड, सुक्रोज, मोनो सोडियम ग्लुटामेट, ट्रान्सफ्याट, सेचुरेटेड फ्याट, स्याकाराइन, विभिन्न किसिमका कलरिङ तथा प्रिजभेटिभ्स प्रयोग गरिएका हुन्छन् । यस्ता खानेकुरामा फाइबर तथा पोषण तत्वको कमी हुने भएकाले शरीरमा नकारात्मक असर पार्छन् । त्यसैले यस्ता खानेकुरा नखानु बेस हुन्छ ।

 मासुजन्य परिकार जस्तै भुटन, पोलेको–तारेको मासु, रक्ति तथा भित्री अङ्ग (मुटु, कलेजो, छाला, बोसो) मा कोलेस्ट्रोल अधिक मात्रामा हुन्छ । साथै सेकुवा, पोलेको–तारेको मासुमा क्यान्सर गराउने तत्त्व आर्कलामाइड, बेन्जो पाइरिनहरू हुने हुँदा यस्ता चिज नखानु नै स्वास्थ्यका हिसाबले फाइदाजनक हुन्छ्र ।

 एक अध्ययनका अनुसार मद्यपान, धूम्रपान, तम्बाखु, खैनी, गुट्खा सेवन गर्नेहरूमा बोसो तथा कोलेस्ट्रोल बढेर फ्याटी लिभरको संक्रमण हुन्छ । मद्यपान, धूम्रपान गर्नेहरूलाई उच्च रक्तचाप, मुटु, फोक्सो, कलेजो, मिर्गाैलाजस्ता संवेदनशील अंगहरूमा हानि पुर्‍याउँछ ।

 मानिसपिच्छे उसको दैनिक शक्ति र क्यालोरी आवश्यकता फरक–फरक हुने हुँदा जथाभावी डाइटिङ गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । ग्यास्ट्रिक, अन्डर न्युट्रिसन, माइक्रो न्युट्रिएन्ट डेफिसिएन्सी, एन्जाइटी, फुस्रो छाला, चिडचिडापन देखा पर्न सक्छ । त्यसैले स्वस्थ तरिकाले तौल घटाउनुपर्छ । आफ्नो आइडल तौल, प्रतिदिन क्यालोरी आवश्यकता र सोअनुरूप के–कति खाने भन्ने राम्रोसँग बुझेर मात्र डाइटिङ गर्नु बेस हुन्छ । यसो गर्दा आफूले चाहेअनुसारको प्रतिफल पाइन्छ ।

– डाइटिसियन, नारायणी वयोधा हस्पिटल, वीरगन्ज

https://saptahik.com.np/health/2020/01/06/20200105152539

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!