२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बलम्बु प्रहरी प्रभागमा गोली चल्यो,

Logo
Abc Sanchar प्रकाशित आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौंको प्रहरी प्रभाग बलम्बुमा पेस्तोल पड्किएको छ।

आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा एक जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले जानकारी दिए।

इन्स्पेक्टरले आफ्नो ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटनावश पड्किएर उनका आफ्नै बडिगार्ड घाइते भएको एआइजी थापाले बताए।

‘इन्स्पेक्टरले ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटनावश पड्किएको देखिन्छ। बडिगार्डको खुट्टामा चोट लागेको छ,’ ! घाइते बडिगार्ड सिपाही आशिष जैसवालको उपचारका लागि एपिएफ अस्‍पताल लगिएको थियो। उनी खतरामुक्त छन्।

एक जना सर्वसाधरणको पनि खुट्टाको औंलामा सामान्य चोट लागेको छ। यद्यपि उनी उपचारपछि घर फर्किसकेका छन‍्।

यस विषयमा छानबिन गरी सत्यतथ्य जानकारी गराउन भनेर एआइजी थापाले जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीलाई निर्देशन समेत दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।